• गृहपृष्ठ
  • थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प

Nov 22nd, 2019

बैंकक,६ मङ्सिर (रासस/सिन्ह्वा)

थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उहाँले बताउनु भयो । महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६:५० बजे गएको जानकारी दिनुभयो ।

भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।