• गृहपृष्ठ
  • सद्भावना, फोरम र माओवादी हुँदै श्रममन्त्री

सद्भावना, फोरम र माओवादी हुँदै श्रममन्त्री

Nov 22nd, 2019

काठमाडौँ, ६ मङ्सिर (रासस)

गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका नागरिकलाई रोजगारी प्रदान गर्दै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने मन्त्रालयको जिम्मेवारी पाउनुभएका रामेश्वर राय यादव सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्नुभयो ।

आर्थिक तथा सामाजिकरूपमा अत्यन्त पिछडिएको तराई मधेसका क्षेत्रका जनतामा राजनीतिको बिजारोपण गर्दै अगाडि बढ्नुभएका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवको जन्म विसं २०१२ साउन ५ गते सर्लाहीको मलङ्गवामा भएको थियो ।

नेपाल ल क्याम्पसबाट स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएका मन्त्री यादव नेपालको राजनीतिक परिवर्तनसँगै सरकारी सेवा परित्याग गरेर विसं २०४१ मा सद्भावना पार्टीमा प्रवेश गर्नुभयो । त्यतिबेला उहाँ सद्भावना पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । २०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उहाँले करिब सात महिना कानून, वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो ।

राजनीतिक जीवन अगाडि बढ्दै गर्दा सद्भावना पार्टीले उहाँलाई कारवाही ग¥यो । पार्टीबाट कारवाही भएपछि उहाँले अर्का नेता हृदयेश त्रिपाठीसँग मिलेर अलग पार्टी निर्माण गर्नुभयो । अस्थिर राजनीतिबाट गुज्रिरहँदा मूलधारको राजनीति गर्ने ध्येयले मन्त्री यादवले मधेस आन्दोलनसँगै तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीतिक यात्रा अगाडि बढाउनुभयो ।

फोरममा पनि जनताको पक्षमा काम गर्ने उचित वातावरण नभएको भन्दै उहाँ विजयकुमार गच्छदारसँगै फोरम लोकतान्त्रिक गठनमा लाग्नुभयो र सो पार्टीको उपाध्यक्ष बन्नुभयो । लोकतान्त्रिक फोरम छाडेर उहाँ विसं २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन नेकपा ९माओवादी केन्द्र० प्रवेश गर्नुभयो ।

माओवादी प्रवेशसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ सर्लाही क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रको एकतापछि उहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय सदस्य हुनुहुन्छ ।

मन्त्री यादव ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार पार्न आफ्नो कार्यकालमा देशभित्र रोजगारी सिर्जना गर्दै बेरोजगार युवालाई रोेजगार प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनहुन्छ । वैदेशिक रोजगारीमा रहेका विकृति, विसङ्गति र बेथितिलाई अन्त्य गर्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाएर यसको गरिमा बढाउने आफ्नो चाहना रहेको उहाँले सुनाउनुभयो ।