• गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्वारा निःशुल्क आँखा शिविर

सेञ्चुरी बैंकद्वारा निःशुल्क आँखा शिविर

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा १२७ जना भन्दा बढीको निःशुल्क जांच गरिएको थियो ।

सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथाअन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।