• गृहपृष्ठ
  • सेयर बजार उठ्न सकेन माथि, हेर्नुस कसले कमाए कसले गुमाए ?

सेयर बजार उठ्न सकेन माथि, हेर्नुस कसले कमाए कसले गुमाए ?

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८।२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउण्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३६१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको चार करोड ३० लाख ६७ हजार ६ सय ५४ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड दुई करोड पाँच लाख ५८ हजार १ सय २७ रुपैयाँ, एनआइसी एशिया बैंक एक करोड २८ लाख ४१ हजार ४ सय ८७ रुपैयाँ, साल्ट टे«डिङ कर्पोरेशन एक करोड २० लाख ४२ हजार ९ सय ६७ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्स ८६ लाख ९३ हजार ९ सय २५ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।