• गृहपृष्ठ
  • राप्रपाले सुनसरी देखि नवलपुरसम्म धार्मीक यात्रा गर्ने

राप्रपाले सुनसरी देखि नवलपुरसम्म धार्मीक यात्रा गर्ने

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न बैठकले सुनसरी देखि नवलपुरसम्म धार्मीक यात्रा गर्ने निर्णय गरेको छ । आगामी मंसिर २७ गते सुनसरीको चताराबाट ‘चताराधाम–त्रिवेणीधाम हिन्दु राष्ट्र पुनस्र्थापना संकल्प यात्रा’ गर्ने निर्णय भएको पार्टीले जनाएको छ । सुनसरीको चताराधाममा विशेष अनुष्ठान गरि शुभारम्भ गरिने सो यात्रा तराइ मधेसको हुलाकी राजमार्ग हुँदै पुस ३ गते नवलपुरको त्रिवेणीधाममा पुगेर समापन गरिने कार्यक्रम तय भएको राष्ट्रिय स्वाभिमान यात्राका सदस्य–सचिव सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।