• गृहपृष्ठ
  • नियन्त्रित लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

नियन्त्रित लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

Nov 21st, 2019

काठमाडौं, मंसिर ५

काठमाडौंको नागर्जुन नगरपालिका ४ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ७३ एम्पुल,फेनरागन ७४ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद १० हजार रुपैयाँ सहित मोरङ पथरी नगरपालिका १ शनिश्चरे घर भई हाल काठमाडौं महानगरपालिका १४ बल्खु डेरा गरी बस्ने ४२ वर्षीय गोकुल बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध बेचबिखन भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनुषाको मिथिला नगरपालिका ७ प्लाई फयाक्ट्री अगाडिबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल रनुर्फिन ८ एम्पुलसहित सर्लाही बिष्णुनगरपालिका ९ बस्ने २० वर्षीय रंजित कुमार महतोलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५५५७ नम्बरको बसमा सवार महतोमाथि शंका लागि निजको झोला जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।