• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Nov 21st, 2019

काठमाडौं, मंसिर ५

अर्घाखाँची,कास्की,पर्सा,कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

अर्घाखाँची,भुमिकास्थाननगरपालिका-५ स्थित सडकमा लु.१ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णुकुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमैमृत्युभएको छ । जिप र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की,माछापुच्छ्रेगाउँपालिका-३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग.१ त३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तलखस्न गई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टरकाचालक पर्साघरभई हाल माछापुच्छ्रे गाउँपालिका-३ घाचोकबस्ने ४७वर्षीय नरेन्द्र सिंह बस्नेतको घटनास्थलमैमृत्यु भएको छ।

पर्सा,वीरगंज महानगरपालिका-३२ ज्योतीफर्मस्थित सडकमा ना.५ च ७१५ नम्बरकोबलेरोपिकअपले ना.१ प ४६८९ नम्बरकोमोटरसाइकललाई बुधबार दिउँसो ठक्करदिँदा गम्भीर घाईतेभएका मोटरसाइकल चालक सोही महानगरपालिका-३० बस्ने २९ वर्षीय अफ्ताबआलम अन्सारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फलैजाने क्रममा बाटोमैमृत्यु भएको छ । हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधनलाईप्रहरीलेनियन्त्रणमा लिएको छ ।

कैलाली,गोदाबरी नगरपालिका-२स्थित पहाडरोडमा से.१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४वर्षीयदेबराम टमाटाको मृत्यु भएको छ ।बुधबार साँझठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममाअस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाईप्रहरीलेनियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।