अवैध जडिबुटीसहित दुई जना पक्राउ

Nov 21st, 2019

बाजुरा, मंसिर ५
हिमाली गाउँपालिका १ बामुस्थित देबीडाँडा सामुदायिक वनबाट करिब १ क्विन्टल कटुकी नामक अवैध जडिबुडीसहित सोही बनका अध्यक्ष ३२ वर्षीय राज बहादुर भण्डारी र सचिव ५० वर्षीय बियलाल रोकाया बुधबार दिउँसो पक्राउ परेका छन् ।

उक्त वनमा अबैधरुपमा जडिबुडी संकलन भइरहेको छ भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी बिछ्यिा र बनका कर्मचारी सहितको संयुक्त टोलीले उक्त परिमाणको जडिबुटी सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।