• गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकद्वारा ब्ल्यांकेट हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा ब्ल्यांकेट हस्तान्तरण

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
विश्व बालदिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बालउत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ । सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको बैंकले जनाएको छ ।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेकी हुन् । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वाश व्यक्त गरेकी थिईन् ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिईन् । बैंकले बैंकको संस्थागत नारा ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।