• गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन

Nov 20th, 2019

काठमाडौं, ४ मंसिर
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामीदिनमा अन्य शाखाहरुमा पनि क्रमश विस्तार गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आउँदा दिनहरुमापनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्तरुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने विश्वास बैंकले लिएकोे छ ।

बैंकले देशभर एक सय ७२ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित) एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८७ वटा एटिएम र १६ सय भन्दा बढी पस मेसिनमार्फत् सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।