सात विदेशीसहित एघार लडाकु मारिए

Nov 20th, 2019

बेरुत, ४ मङ्सिर (रासस/एएफपी)

सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ ।

सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन । त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिनुभयो ।