• गृहपृष्ठ
  • सिटिजन लाईफद्धारा सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

सिटिजन लाईफद्धारा सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

Nov 20th, 2019

काठमाडौं, ४ मंसिर
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बीमा योजनाले प्रचलनमा आएको केही दिनमै नेपालीहरुको मन जित्न सफल भएको दावी गरेको छ । कम्पनीले ग्र्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु पस्किने क्रममा सिटिजन शुभारम्भ जीवन बीमा योजनाले प्रचलनमा आएको केही दिनमै नेपालीहरुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कातिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बीमा योजनामा हालसम्म तीन हजार भन्दा बढी बीमितहरु आवद्ध भएका छन् ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवनकालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको हो । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ ५० लाखसम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।

कम्पनीले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमा झन आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।