• गृहपृष्ठ
  • नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्घानटन

नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्घानटन

Nov 20th, 2019

नुवाकोट, ४ मंसिर

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी कुमरी नुवाकोटको नवनिर्मित भवनको मंगलबार आयोजित कार्यक्रमवीच उद्‌घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभएको थियो ।

राष्ट्रिय पुनस् निर्माण प्राधिकरण कोषको कुल १ करोड २० लाख ६८ हजार ६ सय ५ रुपैयाँ ३७ पैसा सहयोगमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल, संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख, स्थानीय तहका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, विभिन्न विद्यालयका शिक्षकहरु, स्थानीय बासिन्दाहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।