• गृहपृष्ठ
  • वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक र बारुद बरामद

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक र बारुद बरामद

Nov 20th, 2019

सिन्धुपाल्चोक, मंसिर ४

जुगल गाउँपालिका ३ देउरालीस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने बारुद १० ग्राम, ४ वटा फलामको रडको टुक्रा र एक थान झोला फेला पारी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलविरे र प्रहरी चौकी तेम्बाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।