• गृहपृष्ठ
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Nov 20th, 2019

काठमाडौं, मंसिर ४

डिउटीमा खटिएको प्रहरीलाई नगद ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने टोखा नगरपालिका ५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसकी संचालक उदयपुर गाईघाट नगरपालिका ५ घर भएकी ४० वर्षीया सोम माया राई समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।