• गृहपृष्ठ
  • तारा गाँउ समितिको अध्यक्षमा प्रलाद न्यौपाने

तारा गाँउ समितिको अध्यक्षमा प्रलाद न्यौपाने

Nov 20th, 2019

काठमाडौ, मंसिर ४
सरकारले पर्यटन प्रवर्धनमा काम गर्दै आएको काठमाण्डौंको तारा गाँउ समितिको अध्यक्षमा प्रलाद न्यौपानलाई मनोनित गरेको छ । देशका ४ भन्दा बढि ठाउँमा तारागाउ रिसोर्ट होटल सञ्चालन गर्नुका साथै होम स्टे र पर्यटन प्रवर्धनमा काम गर्दै आएको समितिको ४ वर्षे कार्यकालका लागि न्यौपानेलाई नियुक्त गरिएको हो ।

पर्यटन प्रवर्धनमा काम गर्दै आउनु भएका न्यौपानेले पर्यटन, होटल व्यवसाय र होम स्टे मार्फत युवाहरुलाई समृद्ध बनाउने कार्यमा आफु केन्द्रित रहने बताउनु भयो । पर्यटन वर्ष सुरु हुनै लाग्दाआफु मनोनित भएकाले कार्यभार धेरै भएको र सफलता हासिल गर्ने आशा र बिश्वास बढि भएको न्यौपानेले बताउनु भयो ।