• गृहपृष्ठ
  • मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड

मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड

Nov 19th, 2019

नवलपरासी, ३ मङ्सिर (रासस)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा देश आर्थिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग हातेमाले गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि अटोमोबाइल्यस गरी विभिन्न २०० वटा कक्ष रहनेछन् । यही मङ्सिर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक करोवार हुने लक्ष्य लिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ ।