• गृहपृष्ठ
  • मंगलबारको सेयर आरालो यात्रामा, होटल र ट्रेडिङ समूह भने उकालो चढ्दै

मंगलबारको सेयर आरालो यात्रामा, होटल र ट्रेडिङ समूह भने उकालो चढ्दै

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
मंगलबारको सेयर कारेबार सन्तोषजनक हुन सकेन । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको कारण अघिल्लो दिनको तुलनामा चलायमान हुन सकेन । सोमबारको सेयर वजारमा नेपाल बैंकका कारण चहलपहल बढेको थियो ।

आज दिनभर सामान्य उतार चढाव देखिएको बजार १. १४ अंकले ओरालो लागेर बन्द भएको हो । जुन अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो । सोमबारको बजारमा विभिन्न चार कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । कमाउने कम्पनी मध्ये सबैभन्दा बढी साल्ट ट्रेडिङ् कर्पोरेसनको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यसैगरी घोडाघोडी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नाङ्दी ग्रुप पावरका लगानीकर्तालाइए भने फाइदा भएको छ । आज ति कम्पनीका लगानीकर्ताले क्रमशः ९.८५ प्रतिशत, ९.३८ प्रतिशत र ९.१८ प्रतिशत कमाएका छन् । आज एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको ३ करोड २० लाख रुपैयाँ बराबरको साधारण र ३ करोड ४ लाख रुपैयाँ बराबरको संस्थापक गरी सो मात्राको सेयर बिक्री भएको छ ।

सोमबारको बजार होटल र ट्रेडिङ समूहका कारण चर्चामा थियो । आज होटल र ट्रेडिङ समुहले क्रमशः ४९ र २७ अंकका साथ उकालो यात्रा तय गरेका छन् । यसैगरी निर्जीवन र जीवन बीमा समूहले क्रमशः ३९.७१ र २५.११ अंक पाएकाले ओरालो झर्नुपरेको छ ।