नेपाल र कुवेत भिड्दै

Nov 19th, 2019

काठमाडौँ, ३ मङ्सिर (रासस)

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । उक्त खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मङ्सिर ३ गते दशरथ रङ्गशालमा हुने तय भएको थियो, तर नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो

उक्त खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले बर्खास्त गरेको थियो ।

उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।