चोरी गरिरहेको अवस्थामा पक्राउ

Nov 19th, 2019

काठमाडौं, मंसिर ३
काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा काठमाडौं बनस्थली बस्ने सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले भुजेललाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।