• गृहपृष्ठ
  • मेस्सीको गोलले जोगियो अर्जेन्टिना, उरूग्वेसँग २-२ को बराबरी

मेस्सीको गोलले जोगियो अर्जेन्टिना, उरूग्वेसँग २-२ को बराबरी

Nov 19th, 2019

काठमाडौँ, ३ मङ्सिर

उरुग्वेसँग अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएको छ । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वेसँग अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएको हो ।


खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । खेलको ३४औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । सर्जियो अगुएरोले ६३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । मेस्सीको फ्रिकिक पासमा अगुएरोले हेड गोल गरेका थिए ।

सो बराबरी खेलको ६८ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि २-१ को अवस्थामा पुग्यो। तर हारको निकट पुगेको अर्जेन्टिनालाई लियोनेल मेसीले इन्जुरी समयको दोश्रो मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याए। उरुग्वेका रक्षक मार्टिन कासेरेसले डिबक्स भित्र ह्यान्ड गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।