• गृहपृष्ठ
  • करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद

करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद

Nov 18th, 2019

काठमाडौं, मंसिर २

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट मंसीर २ गते एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।


त्यसबेला एपीएफ टोलीले उक्त प्याज लोड गरि राखेको ट्रक समेत बरामद गरेको छ । उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ । एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।


यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।