• गृहपृष्ठ
  • गढीमाईलाई धार्मिक क्षेत्रका रुपमा विकास गरिने

गढीमाईलाई धार्मिक क्षेत्रका रुपमा विकास गरिने

Nov 18th, 2019

कलैया, २ मङ्सिर (रासस)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गढीमाई मन्दिरलाई पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।

आज गढीमाई मन्दिरको दर्शन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामजानकी मन्दिर, सिम्रौनगढ र गढीमाईलाई धार्मिक ‘सरकिट’का रुपमा विकास गर्नका लागि गुरुयोजना चाँडै नै तयार हुने जानकारी गराउनुभयो । देश विदेशबाट आउने पर्यटकको सुविधाका लागि गढीमाई मन्दिरमा करीब तीन दिनसम्म बस्ने अवासगृह, सुलभ शौचालय, शुद्ध खानेपानीको उचित प्रबन्ध मिलाइने उहाँले प्रतिबद्धता व्यतm गर्नुभयो ।

सिम्रौनगढ, गढीमाई मन्दिर धार्मिक, सांस्कृति एवं एतिहासिक महत्व बोकेको ठाउँ भएकाले धार्मिक सरकिटका रुपमा विकास हुना साथ यस क्षेत्रको मात्र नभइ सिङ्गो देशको विकासमा पनि मद्दत पुग्ने मन्त्री भट्टराईले बताउनुभयो । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, मेला समितिका अध्यक्ष सुदमा साह कानु, महासचिव मोतिलाल कुसवाहा, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायतले मेलामा सहयोग गर्न मन्त्री भट्टराईसँग आग्रह गर्नुभएको थियो ।