• गृहपृष्ठ
  • नेप्से आरालो लागेपनि नेपाल बैंकले सबैलाई उछिन्यो, यस्तो छ कारण

नेप्से आरालो लागेपनि नेपाल बैंकले सबैलाई उछिन्यो, यस्तो छ कारण

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
नेपाल बैंकले लाभांश दिए संगै नेपाल बैंकको सेयर खरिदमा लगानीकर्ताको उच्च चासो हुन थानेको छ । सोमबारको शेयर बजार नेपाल बैंकले सबै लाई उछिनेको छ । नेपाल बैंकको सेयर कारेबार बढेपनि समग्र कारोबार मापक सूचक भने उकासिन सकेन। सोमबार १६० कम्पनीको ११ लाख ८८ हजार कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो ।

लगानीकर्ताले सेयर खरिद बिक्रीमा चासो देखाएसंगै नेपाल बैंककै झन्डै नौ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । यसैगरी एनएमवि बैंकले सेयर कारोबारमा दास्रो स्थान जमायो । एनएमबिले करिब चार करोड रुपैयाँ बराबरको शेयर कारोबार गर्यो ।

दुबै बैंकले राम्रो प्रतिफल दिएका कारण लगानीकर्ता ती कम्पनीमा झुम्मिएका हुन्। दुई दशकभन्दा बढी समयपछि नेपाल बैंकले सोमबार नै २५ प्रतिशत लाभांश घोषणा गरेको छ । एनएमबि बैंकले पनि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सोमबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.२४ अङ्कले घटेर ११३१.१२ अंकमा झरेको छ। सेन्सेटिभ सूचक ०.५३ अङ्कले २४८.६० अंकमा झरेको छ ।