• गृहपृष्ठ
  • गोठमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक बरामद

गोठमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक बरामद

Nov 18th, 2019

सिन्धुली, २ मंसिर

सुनकोसी गाउँपालिका-७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।