सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Nov 18th, 2019

काठमाडौं, मंसिर २

बारा र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु भएको छ । बारा, पर्सौनी गाउँपालिका ३ नवतन चोकस्थित सडकमा आइतबार दिउँसो ना.४ ख ३७५६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री पर्सौनी गाउँपालिका ३ बस्ने २३ वर्षीय दिपेश साहको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका ८ बिराटचोकस्थित सडकमा को.१ ख २४११ नम्बरको ट्रक र बा.३७ प ८७५९ नम्बरको मोटरसाइकल आइतबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा कन्काई नगरपालिका ३ बस्ने ४४ वर्षीय पेशल केसीलाई उपचारको लागि घोपा अस्पताल धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकमा सवार २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।