• गृहपृष्ठ
  • नगद १ हजार रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नगद १ हजार रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Nov 18th, 2019

काठमाडौं, मंसिर २
काठमाडौं महानगरपालिका ३२ सनराईज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने २८ वर्षीय उमेश सुबेदीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले दुवै जनालाई मादक पदार्थ सेवन गरी बा.९६ प ९३६६ र बा.८७ प ३२०४ नम्बरका मोटरसाइकल चलाएको अवस्थामा फेला पारी कारवाही गर्ने खोज्दा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।