• गृहपृष्ठ
  • विहेको सिजन आएसँगै घट्न थाल्यो सुनको भाउ

विहेको सिजन आएसँगै घट्न थाल्यो सुनको भाउ

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
साताको शुरुदेखि नै सुनचाँदीको भाउ ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको ७१ हजार ६ सय कायम भएको हो । यसअघि सुनको भाउ ७१ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि ७१ हजार ५ सय रुपैयाँबाट घटेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको भाउमा समेत प्रतितोला ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार तोलाको ८ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।