• गृहपृष्ठ
  • नेपाल बैंकको एकै पटक १८ शाखा र २ काउन्टर उद्घाटन

नेपाल बैंकको एकै पटक १८ शाखा र २ काउन्टर उद्घाटन

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
मुलुकको अग्रणी बैंक नेपाल बैंक लिमिटेडद्वारा सेवाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर एकैसाथ स्थमपना गरिएका १८ शाखा र २ एक्सटेन्सन काउन्टरको अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा उद्घाटन गरेका हुन् ।

यसरी उद्घाटन गरिएका शाखाहरुमा समनपुर (रौतहट) सिंगटी (दोलखा ) विरौटा (काश्की ) खोपासी (काभ्रे) खिम्ती वेसी (रामेछाप) हेम्जा (काश्की ) सिसौनिया (दांग) मटियानी (जनकपुर) वानेश्वर (काठमाडाैं) महुवन (पर्सा) वागचौर (सल्यान) काईके (डोल्पा) ठाकुरद्वारा (वर्दिया) रुकुमकोट (रुकुमपुर्व) लुंग्री (रोल्पा) घर्तिगाउं (रोल्पा्) विजुवार (प्युठान) सन्धिखर्क (अर्घाखांची) र काउन्टर तर्फ मेची वहुमुखी क्याम्पस (झापा) र भैरहवा वहुमुखी क्याम्पस (सिध्दार्थनगर) रहेका छन् । यसैगरि बैकले चामे (मनांग) घर्तिगाउं (रोल्पा) शान्तिपुर (गुल्मी) पाल्हीनन्दन (नवलपरासी) जोरपाटी (काठमाडौं) र वर्दिवास (महोत्तरी) गरी छ वटा शाखाहरुलाई उत्कृष्ठ कार्यसम्पादन निम्ति पुरष्कृत गरेको छ ।