• गृहपृष्ठ
  • आईएमई लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनी लिमिटेडमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मानपत्र प्राप्त गरेको छ । उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरेका हुन् ।

आईएमईले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग बिरूद्ध उपचार खर्च, लघुबीमा, सामुहिक बीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ र निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितहरूको चाहना अनुरूप नौला एवं लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।