• गृहपृष्ठ
  • गण्डकी विकास बैंकले एकै दिन चार वटा शाखा विस्तार

गण्डकी विकास बैंकले एकै दिन चार वटा शाखा विस्तार

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले एकै दिन चारवटा शाखा कार्यालयहरु विस्तार गरेको छ । धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार भएको हो । हाल बैंकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६पुग्ने बैंकले जनाएको छ ।

न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को बेस्ट म्यानेज डेभलपमेन्ट बैकको एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने गत आश्विन मसान्त सम्म बैंकले १२ करोड ४२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड रुपैयाँ संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड रुपैयाँ प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको छ ।

बैंकका अनुसार पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग र मनाङ्गमा समेत बैंकका शाखा सञ्जाल फैलिएको यस बैंकले निकट भविश्वमा ११ वटा शाखा कार्यालयहरु विस्तार गर्दैछ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा, अटो लोन, ओभरड्राफ्ट कर्जा, आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । एटिएम सेवा, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा एबिबिएस बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।

मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर/प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।