• गृहपृष्ठ
  • कामना सेवा विकास बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६” मा सम्मानित

कामना सेवा विकास बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६” मा सम्मानित

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौंबाट सम्मानित भएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा एक सय तीन वटा शाखा तथा ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, एबिबिएस, इन्टरनेट बैकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको बैकले समयसापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दे जाने लक्ष्य लिएको बैंकले जनाएको छ ।