• गृहपृष्ठ
  • रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोलसँगै पोर्चुगल युरोकपमा

रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोलसँगै पोर्चुगल युरोकपमा

Nov 18th, 2019

काठमाडौं, २ मंसिर

पोर्चुगल युरोकप फुटबल २०२० का लागि छनौट भएको छ। समूह ‘बी’ अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–०ले पराजित गर्दै युरोकपका लागि छनौट भएको हो ।

लग्जम्बर्गको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको अन्त्यतिर रोनाल्डोले अग्रता दोब्बर बनाए । उनीहरूले ती गोल क्रमशः खेलको ३९ र ८६ औं मिनेटमा गरेका हुन्।

पोर्चुगल समूह उपविजेताका रुपमा छनौट भएको हो। रोनाल्डोको यो राष्ट्रका लागि ९९औं गोल हो । सन् २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले देशका लागि एक सय ६४ खेल खेलेका छन् । उनी अब एक गोलले मात्र सतक नजिक छन् । यसका लागि उनले कम्तीमा आउँदो मार्चसम्म कुर्नुपर्नेछ।

जितसँगै पोर्चुगलले ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । यही समूहको अर्का खेलमा सर्विया र युक्रेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै सर्वियाको प्ले अफबाट छनोट हुने सम्भावना रहेको छ ।