• गृहपृष्ठ
  • राष्ट्र बैंकले टे«जरी बिल बिक्री गर्दै्

राष्ट्र बैंकले टे«जरी बिल बिक्री गर्दै्

Nov 17th, 2019

काठमाडौँ, १ मङ्सिर (रासस)

नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।