• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरको सामान बरामद

एपीएफ टोलीद्वारा करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरको सामान बरामद

Nov 17th, 2019

काठमाडौं, मंसिर १

सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तीनकुनेबाट मंसीर १ गते एपीएफ टोलीले करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा बरामद गरेको छ । काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८१७ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।