• गृहपृष्ठ
  • ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। । आइतबार मङसिर १ गते ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गर्नुभएको हो।
जेएमई रेमिटले स्थापनाकाल देखि नै जापानबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।

यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिटको देश ( विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक वर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म २ लाख ४० हजारभन्दा बढि खाताबाट ३० अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्ब रुपैयाँभन्दा बढि लगानी गर्न सफल भएको बैंकले जनाएको छ ।