• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चौपायासहित छ जना पक्राउ

एपीएफ टोलीद्वारा चौपायासहित छ जना पक्राउ

Nov 17th, 2019

रुपन्देही, मंसिर १

रुपन्देही जिल्लाको देवदह नगरपालिका ९ स्थित घोडाहा ईलाकाबाट कार्तिक ३० गते एपीएफ टोलीले करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिम ढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ्ग जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरलाई पक्राउ गरिएको हो । उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।