• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेलनगरपालिका, वडा नं ७ स्थित सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर वितरण गरेको छ । कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहकाबिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको बैंकले जनाएको छ ।