मोटरसाइकल दुर्घटनामा परी मृत्यु

Nov 17th, 2019

काठमाडौं, मंसिर १
काठमाडौं महानगरपालिका १३ ताहाचलस्थित सडकमा बा.८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं वाफल बस्ने धादिङ खानिखोला घर भएका २२ वर्षीय राजु लामाको नेशनल अस्पताल कलंकी हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।