• गृहपृष्ठ
  • अवैध रुपमा खरिद बिक्री गर्न लिइ हिँडेको जडीबुटी सहित पक्राउ

अवैध रुपमा खरिद बिक्री गर्न लिइ हिँडेको जडीबुटी सहित पक्राउ

Nov 17th, 2019

बाँके, मंसिर १
कोहलपुर नगरपालिका ११ लोकनगरबाट अवैध रुपमा खरिद बिक्री गर्न लिइ हिँडेको पाँचऔले जडीबुटी ३ केजी ७ सय ३० ग्राम सहित कालिकोट पचालझरना गाउँपालिका ५ बस्ने ४६ वर्षीय अग्र बम समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको जडीबुटी फेला पारेको हो ।

पक्राउ तीनै जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि ईलाका वन कार्यालय कोहलपुर पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।