• गृहपृष्ठ
  • एनसीसी बैंकको नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता

एनसीसी बैंकको नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल मेडिसिटि अस्पतालकाबिच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा विशेष छुट पाउने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकका अनुसार आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।