• गृहपृष्ठ
  • “१० प्रतिसत एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

“१० प्रतिसत एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
नेपाल बैंक लिमिटेडको “१० प्रतिसत एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १० प्रतिशत ब्याज सहित सात वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड,नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कूल २५,००,००० कित्ता डिबेन्चर मध्ये १५,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १०,००,०० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठकाबीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।