• गृहपृष्ठ
  • १० प्रतिसत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न

१० प्रतिसत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न

Nov 17th, 2019

काठमाडौं, १ मंसिर
लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित दुुई अर्ब रुपैयाँ मूल्य बराबरको १० प्रतिसत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो ।

कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्र मध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरे बमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र जारी गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । आईतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमकाबिच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको र हाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।