• गृहपृष्ठ
  • त्रिपुर बहुउद्देश्यीयले सम्पन्न गर्यो आफ्नो २०औं साधारण सभा

त्रिपुर बहुउद्देश्यीयले सम्पन्न गर्यो आफ्नो २०औं साधारण सभा

Nov 16th, 2019

आधारभूमि संवाददाता

ललितपुर, ३० कात्तिक

कृषि, पर्यटन तथा स्वास्थ्य सेवा क्षेत्रमा लगानी गरौं, स्वस्थ्य रहौं भन्ने मुल नाराका साथ त्रिपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारण सभा सम्पन्न गरेको छ । सभामा नेकपा ललितपुर क्षेत्र नं २ का प्रदेश सभाका सांसद दिपेश महर्जनले यस सहकारी संस्थाले अरु सहकारी जस्तो तडक भडक नगरी सभ्य र भब्य रुपमा साधारण सभा सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गरे । त्यस्तै अर्का विषेश अतिथी अक्षेश्वर महाविहारका अध्यक्ष राजेश शाक्यले यो सहकारी संस्था अरु भन्दा फरक ढंगले संचालन भएकोमा संस्थाले उल्लेखनिय प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।

अर्का अतिथी बुद्धविहारका अध्यक्ष नानीकाजी शाक्यले संचालक र सदस्यले नेपाल सरकारका ऐन, कानून परिधी भित्र रहेर काम गर्न सुझाव दिदैं संस्थाको प्रगतिको कामना गरे । हालसम्म सेयर पुँजी ३८ लाख ३५ हजार रुपैयाँ, निक्षेप, ३ करोड १७ लाख ३४ हजार रुपैयाँ संकलन गरि २ करोड ७६ लाख ६६ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाका प्रबन्ध संचालक राजेन्द्र शाक्यले जानकारी दिए । सभाको सभापतित्व गर्दै सरोज डंगोलले सम्पूर्ण सेयर सदस्यहरु र अतिथीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।