कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

Nov 16th, 2019

मोरङ, ३० कात्तिक
कानेपोखरी गाउँपालिका-१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बीरेन्द्र किस्कुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले जग्गाको बिषयमा बादबिवाद भई दिदी सितालाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।