• गृहपृष्ठ
  • एन आई सी एशिया बैंकद्धारा शेयरधनीहरुलाई बुझिलिन बाँकी लाभांश रकम बुझिलिन अनुरोध

एन आई सी एशिया बैंकद्धारा शेयरधनीहरुलाई बुझिलिन बाँकी लाभांश रकम बुझिलिन अनुरोध

Nov 16th, 2019

काठमाडौं, ३० कात्तिक
एन आई सी एशिया बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेड हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुलाई अनुरोध गरेको छ । साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । आ.व. २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत शेयरधनीहरुलाई आग्रह गरेको छ ।

विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण बैंकको वेभसाईट मा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण श्री एन आई सी एशिया क्यापिटलका कर्मचारी श्री दामोदर रायमाझी (फोन नं. ०१५७०५९९४ एक्सटेन्सन नं. २०५) बाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।