• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको १८ औँ साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंकको १८ औँ साधारण सभा सम्पन्न

Nov 16th, 2019

काठमाडौं, ३० कात्तिक
महालक्ष्मी विकास बैंकले कार्तिक २९ गते शुक्रबारका दिन आफ्नो १८ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९ प्रतिसत नगद लाभांश र ८ प्रतिसतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ ।

देशकाशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

बैंकका अनुसार नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड -२०१८प्राप्त गर्न सफल बैंकले हालसम्म करिब ३४ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।