• गृहपृष्ठ
  • जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

Nov 15th, 2019

धादिङ, २९ कात्तिक
धादिङ गजुरी बस्ने २१ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भारत अयोध्या बस्ने ३० वर्षीय कोमल शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सुट पाईन्टको कपडा बिक्री गर्न भन्दै गजुरी आएको अवस्थामा शर्माले बिहीबार ती युवतीलाई जबरजस्ती करणी गर्ने खोज्दा पीडितले प्रतिकार गरेपछि शर्मा भागी गएको भन्ने जानकारी हुनासाथ खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा गजुरी बजारस्थित बस रोक्ने ठाउँमा शर्मालाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।