• गृहपृष्ठ
  • अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पक्राउ

अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पक्राउ

Nov 15th, 2019

बारा, २९ कात्तिक
पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१ लक्ष्मनवा बैरिया बस्ने ४२ वर्षीय मोहान प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा यादवले चन्दा संकलन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट करिब २ लाख रुपैयाँ बराबरको नगदी रसिद समेत बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।