अवैध लागूऔषध सहित पक्राउ

Nov 15th, 2019

काठमाडौं, २९ कात्तिक

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित सडकबाट अवैध लागूऔषध चरेश २३ ग्राम र नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १०० एमएलको बोतल ११ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ ठेगाना भएका ३३ वर्षीय शंकर सडौला र सुनसरी हरिनगर गाउँपालिका-१ ठेगाना भएका ३८ वर्षीय पवन दास रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडौलाको साथबाट लागूऔषध चरेश १२ ग्राम तथा डाइलेक्स डिसी १०० एमएल बोतल १ थान र दासको साथबाट लागूऔषध चरेश ११ ग्राम तथा डाइलेक्स डिसी १०० एमएलको बोतल १० थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।